फुडमाण्डुले गरायो काेराेना बीमा, एनएलजी इन्स्योरेन्सकाे पहिलाे कर्पोरेट ग्राहक बन्न सफल

  २०७७ वैशाख ९ गते १७:०२     विकासन्युज


काठमाडाैं । फुडमाण्डुले कोभिड-१९ बाट आफ्ना कर्मचारीहरुलाई सुरक्षा गर्नका लागि कोभिड-१९ बीमा गराएको छ । फुडमाण्डुले एनएलजी इन्स्योरेन्स कम्पनीसँग आफ्ना १९ जना डेलिभरी स्टाफहरुको कोभिड-१९ बीमा गराएको हो ।

कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सरकारले देशभर लकडाउन गरेको अवस्थामा फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा दिईरहेको छ । कम्पनीले सरकारको नियम, आफ्ना कर्मचारी र ग्राहकहरुको सुरक्षा र सरसफाईलाई ध्यानमा राखेर दैनिकरुपमा फ्रेश ग्रोसरीजर डेलिभरी गरिरहेको छ ।

फुडमाण्डुले प्रति व्यक्ति १ लाख रुपैयाँको कोभिड-१९ बीमालेख खरिद गरेको हो । सो बीमालेखले कर्मचारीहरुलाई १ वर्षसम्म कोभिड-१९ बाट सुरक्षा प्रदान गर्नेछ ।

फुडमाण्डु कोभिड-१९ बीमालेख लिने एनएलजी इन्स्योरेन्स कम्पनीको पहिलो कर्पोरेट ग्राहक समेत हुन सफल भएको छ । कोभिड-१९ बीमालेख फुडमाण्डुका संस्थापक अध्यक्ष मनोहर अधिकारीको उपस्थितीमा एनएलजीका कर्पोरेट एण्ड इन्टरनेशनल बिजनेस हेड अन्जन ढकालले फुडमाण्डुकी अपरेशन हेड प्रतिमा अधिकारीलाई सोमबार हस्तान्तरण गरे ।

कम्पनीका फुडमाण्डुका संस्थापक अध्यक्ष मनोहर अधिकारीले आफ्नो कर्मचारीहरुको सुरक्षालाई संधै प्राथमिकता दिईरहेको बताए ।
‘लकडाउनमा सबैजना घरमा हुनुहुन्छ र हाम्रा कर्मचारीहरु तपाईँको सेवामा खटिरहनुभएको छ । त्यसैले पनि उनीहरुको सुरक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ । कोभिड-१९ बीमालेखले हामीलाई थप सेवा प्रदान गर्न उत्प्रेरित गर्नेछ,’ संस्थापक अध्यक्ष अधिकारीले भने ।

कोभिड-१९ बीमालेखका साथमा फुडमाण्डु आफ्ना फिल्डमा खटिने कर्मचारीहरुको सूरक्षामा प्रतिबद्ध रहेको छ भने उच्च सुरक्षा सर्तकताका साथ ग्राहकहरुको सेवामा समर्पित भएको छ । यसअघिदेखि नै फुडमाण्डुले कोभिड-१९ को सुरक्षालाई ध्यानमा राखेर कर्मचारीहरुले अनिवार्यरुपमा मास्क र पन्जा लगाउनुपर्ने नियम छ भने प्रत्येक घण्टामा स्यानिटाइज गरिने व्यवस्था रहेको छ ।

कम्पनीका मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम मालीले फुड डेलिभरी निकै संवेदनशील सेवा भएको हुँदा सबैको सुरक्षा र हाईजीनलाई ध्यान दिँदै थप एक कदम अगाडि बढेको बताए ।

‘सुरक्षा र हाईजीनको विषयमा हामी कुनै जोखिम लिन चाहन्नौं, त्यसैले हामीले हाम्रा ग्राहकहरुलाई सुरक्षित र हाईजीन फुड डेलिभरी गर्नका लागि कोभिड-१९ बीमासहित सम्पूर्ण सुरक्षाको प्रबन्ध गरेका छौंं,’ मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम मालीले भने ।

यसैबिच फुडमाण्डुले लकडाउनमा बसेको बेला आमाको मुख हेर्ने दिन बैशाख ११ गतेको लागि प्रिअर्डर लिन शुरु गरेको छ । बैशाख १० गते बुधबारदेखि कम्पनीले सिमित रेष्टुरेन्टहरुबाट सिमित आईटमका फुडहरु अर्डर लिएर डेलिभरी समेत शुरु गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.