नाफा घाटाको कुरा पछि गरौंला, यो महामारीमा सकेसम्म सेवा दिने होः अधिकारी

  २०७७ वैशाख ७ गते १२:५४     विकासन्युज

कोरोना भाईरस (कोभिड १९) को महामारी विश्वभर फैलिएको छ । कोभिड १९ संक्रमणबाट जोगिन अधिकांश देशले लकडाउन गरेर सर्वसाधारणलाई घरमै राखेका छन् । नेपालमा पनि ११ चैतदेखि देशभर लकडाउन गरिएको छ । यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव सबै क्षेत्रमा परेको छ । यस्तो बेलामा अत्यावश्यक सेवा भित्र पर्ने दूरसंचार सेवा स्वभाविक रुपमा प्रवाह गर्न नेपाल टेलिकम (एनटीसी) ले कस्तो उपाय अपनाएको छ ? फोरजी सेवा विस्तारको काम कहाँ पुग्यो ? लकडाउनले टेलिकमलाई के कस्तो असर पारेको छ भन्ने लगायतका विषयमा टेलिकमका प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीसँग विकासन्युजका लागि नविन पोखरेलले कुराकानी गरेका छन्ः

लक डाउनमा नेपाल टेलिकमले सेवा प्रवाहको व्यवस्थापन कसरी गरिरहेको छ ?

अहिले सेवा प्रवाहका लागि हामीले २/३ प्रकारका मोडालिटी अपनाएका छौं । एउटा भनेको फिल्डमा खटेर मर्मत सम्भारको काम गर्ने हो । उक्त मर्मत सम्भारमा व्यकबोन लिंक, पावर सिस्टममा आउँने समस्या, टावरका समस्या समाधान गर्ने जस्ता काम पर्छन् । सोही कामका लागि जिल्ला प्रशासन कार्यालयबाट हामीले पास लिएका छाैं । सोही पासको सदुपयोग गर्दै हाम्रा कर्मचारीहरु काममा खटिएका छन् ।

अर्को भनेको फोरजी, जिएसएमका कोर नेटवर्कका लागि काम गर्ने हो । यस्तै, व्याकबोनको लागि हामीले कर्मचारीहरुलाई सिफ्ट मिलाएर काममा खटाएका छौं ।

अरु सामान्य ग्राहक सर्पोटका कामहरु हामीले गरिरहेका छाैं । टेक्निकल इन्जिनियरहरुले घरबाटै काम गर्ने (वोर्किङ्ग फ्रर्म होम) विधि कार्यान्वयन गरिएको छ ।

मनिटरिङ्ग, कन्फ्यूग्रेसन, सुभर भिजन गर्नुपर्ने कुरा भिपिएन लिंकबाट घरबाटै गरिरहेका छौं । घरबाट सुभरभिजन हुन नसक्ने विशेष अवस्थामा मात्र साइटमा आउँने व्यवस्था मिलाईएको छ । यस्तै, रिचार्ज कार्ड वितरण गर्न पास भएको गाडी मार्फत गर्दै आएका छौँ । अर्थात टेलिकमले प्रवाह गर्ने कुनै पनि प्रकारको सेवामा कुनै कमिकमजोरी भएको छैन । अहिले पनि सहज ढंगबाट सेवा प्रवाह भइरहेको छ ।

कोरोना महामारी रोकथाममा नेपाल टेलिकमले आफ्नो तर्फबाट कस्तो भुमिका खेलिरहेको छ ?

नेपाल सरकारले स्थापना गरेको कोरोना महामारी विरुद्धको कोषमा टेलिकमका कर्मचारीका तर्फबाट २ करोड रुपैयाँ तथा टेलिकमबाट १० करोड रुपैयाँ गरी १२ करोड रुपैयाँ योदान गरेको अवस्था छ ।

आमजनतालाई कोरोना बारे सुसुचित गराउँने उदेश्यले फोन गर्ने वित्तिकै कोरोना संक्रमण रोकथामका लागि जनचेतनामुलक सामग्री सुन्न सकिने व्यवस्था मिलाइएको छ । यो पनि निकै प्रभावकारी भएको प्रतिक्रिया पाइरहेका छौँ ।

अर्को भनेको *1419# डायल गरेर सम्भावित कोरोरा संक्रमित व्यक्तिको पहिचानमा सहज होस भन्ने उदेश्यले सर्वेक्षण समेत गरका छौँ । टेलिकमले गरेको यो कार्य पनि महामारी नियन्त्रण र रोकथामका लागि विशेष प्रकारको हो ।

अर्को, टोल फ्री सर्भिस प्रदान गरेका छौँ । कल सेन्टर हाम्रो अफिसको परिसर छाउनीमा रहेको छ ।

लकडाउनको अवधिमा इन्टरनेट तथा भ्वाइस कल सेवामा प्रयोगकर्ताको वृद्धि दर कस्तो छ ?

लकडाउनको अवधिमा प्रयोगकर्ताको संख्यामा भन्दापनि भोलुममा उतारचढाव आएको छ । भ्वाइस कलको सेवामा करिब २५ प्रतिशतले कमी भएको छ । यो समयमा सबै जना घरमै हुने भएकाले पारिवारिक कल नहुने भएकाले यस्तो भएको हुन सक्छ ।

अहिले व्यापार व्यवसाय पनि छैन । त्यसकारण व्यापारिक कल खासै हुदैन । अन्र्तराष्ट्रिय यात्रा रोकिएकाले रोमिङ्ग कल पनि हुँदैन । विदेशमा बसेका नेपालीसमेत आफ्नै निवासमा बसेका छन् । सोही कारण नेपालमा मात्र नभई संसारभर नै कल भोलुम घटन पुगेको छ ।

यस्तै, मोवाईल डाटा र फिक्स डाटा उपभोग भने बढेको छ । घरमा बसेर सामाजिक संजालहरु फेसबुक, भाइबर, टिकटक चलाउँनेहरु बढेकाले ईन्टरनेट प्रयोगकर्ता भोलुम वृद्धी भइरहेको छ ।

नयाँ बर्षको अवसरमा नेपाल टेलिकमले ग्राहकलाई दिएको उपहार योजना के के हुन् ?

यसपालिको नयाँ वर्ष उत्सवमय भएन । अहिले विश्वमा नै फैलिरहेको कोरोना महामारीले खुशी दिएको अवस्था छैन । सोही कारण लकडाउनलाई नै केन्द्रित गरेर ग्राहकलाई हामीले केही प्याकेज दिएका थियौँ ।

‘स्टे कनेक्टेड’ प्याकेज मार्फत भ्वाईस प्याकेज खरिद गर्दा ५० प्रतिशसम्म थप भोलुम पाउँने, डेटा प्याकेज खरिद गर्दा ४ सय प्रतिशतसम्म बोनश डाटा पाउँने प्याकेज ल्याएका छौँ । पहिलेदेखि चलिरहेका प्याकेजहरुलाई अर्को व्यवस्था नभएसम्मको लागि चैत्र ३० गतेदेखि नै निरन्तरता दिइरहेको अवस्था छ ।

फोरजी सेवा अपग्रेड गर्ने कार्य के भइरहेको छ ?

फोरजी अपग्रेड कार्य छिट्टै सक्याउँने लक्ष्य लिएका थियौं । चिनीयाँ कम्पनी मार्फत नै काम गरेकाले जनवरीको दोस्रो हप्ताबाट विज्ञहरु चीन जादाँ कोरोनाका कारण फर्किन पाएनन् ।

कोरोना संक्रमण अहिले नेपालमा नै आइसकेको अवस्था छ । लकडाउनपछि त फोरजीको काममा पूर्ण रुपमा असर परेको अवस्था छ ।

फोरजी अपडेटका लागि ६०/६५ प्रतिशत रेडीयो नेटवर्कको काम सम्पन्न भइसकेको छ । कोर नेटर्वकको काम भने संचालन भइरहेको छ । लकडाउन नभएको भए काम निकै अगाडि पुगिसकेको अवस्था हुन्थ्यो । देशमा प्रमुख शहरहरुमा फोरजी सेवा पुगिसकेको अवस्था छ ।

आगामी मे महिनासम्ममा हामीले फोरजी नेटवर्ककको काम सक्ने लक्ष्य लिएका थियौँ । आगामी दिनमा के हुन्छ भन्ने कुरा अहिले नै आँकलन गर्न सक्ने अवस्था छैन । तर, २०७७ सालमा हामी देशका ७७ जिल्लामा नै फोरजी नेटवर्क बिस्तार गर्ने पक्षमा छौँ ।

ह्वाट्स एप भाईबर जस्ता संजालबाटबाट गरिने कुराकानी बढ्दो क्रममा छ, यसले नेपाल टेलिकमको आम्दानीमा कस्तो असर परेको छ ?

कल गर्नको लागि भाईबर, म्यासेन्जर, ह्वाट्स एप जस्ता संजालकैे प्रयोग हुने भएकाले कलमा केही कमी आएको अवस्था छ । सोही कारण टेलिकमको आम्दानीसमेत केही हदसम्म प्रभावित हुन पुगेको अवस्था छ ।

कारोना भाइसर संक्रमणपछिको अवस्थाले नेपाल टेलिकमलाई पारेको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावहरु के–के हुन् ?

फिल्ड वर्कभन्दा बाहेकका काम सबै बन्द छन् । टेलिकमका कतिपय कामको लागि आउट सोर्सिङ गर्नुपर्ने हुन्छ । लकडाउनले त्यस्ता काममा असर परेको अवस्था छ । अहिले घरमा जान सक्ने अवस्था छैन । भ्वाईस नेटवर्ककको कामदेखि रिचार्ज कार्ड वितरणसम्ममा प्रभाव परेको छ ।

फिजिकल रिचार्ज कार्ड वितरणमा समस्या छ । भनेको बेलामा पसल खुलेका हुदैनन्। किन्ने मान्छेपनि सहज रुपमा किन्न पाउँने अवस्था छैन ।

अप्रत्यक्ष असरको कुरा राष्ट्रिय अर्थतन्त्रमा पर्ने असरको कुरा आउँछ । रोजगारी तथा अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परिरहेको छ । यसको असर हामीलाई पनि पर्छ ।

कोरोना महामारीपछि मान्छेको तौरतरिका, काम गर्ने बानी, सामाजिक सम्बन्ध राख्ने जस्ता हरेका कुराहरु परिवर्तन हुन सक्छ । हामीले त्यो कुरा हेर्नको लागि संक्रमणपछिको समयसम्म कुर्नै पर्ने हुन्छ । अहिले नै यति प्रभाव पर्छ वा पर्दैन भनेर आँकलन गर्न सकिने अवस्था छ्रैन ।

सरकारले निर्देशन दिए बमोजिम भ्वाईस तथा इन्टरनेटमा छुट दिँदा नेपाल टेलिकमलाई फाइदा हुन्छ कि हुँदैन ?

लकडाउनको पहिलो अवधिमा हामीले बोनश दिएका थियौं । नेपाल दूरसंचार प्राधिकरण (एनटीए) को निर्देशन मान्दै हामीले बोनश दिएका थियौं । यसले ग्राहकलाई फाइदा हुन्छ । तर, कम्पनीलाई भने कुनै पनि फाइदा हुँदैन । यो त महामारीमा दिइएको एक किसीमको योगदान हो, सहुलिएत हो ।

विषम परिस्थितिमा ग्राहकलाई एनटीसीले नाफाभन्दा पनि सेवाको उदेश्यले यस्ता सुविधा दिँदै आएको छ ।

सरकारले भने अनुसार नै इन्टरनेटमा छुट दिदै आएका छौं । यस्तै टेलिफोनको बिल तिर्ने कुरामा पनि बैशाख मसान्तसम्म समय दिएका छौँ । यी कुराहरु फाइदाकै लागि भन्दा ग्राहकहरुलाई हामीसँग जोड्न गरेका हौँ ।

टेलिकमको चालु आवको आयव्यय र नाफामा कोरोना माहामारीले असर गर्छ कि गर्दैन ?

सेवा खपत कम भइरहेको छ । आर्थिक गतिविधि कम भएकाले आम्दानीमा असर पर्छ । यस्तै, हामीले गर्ने खर्चमा पनि निकै प्रभाव पर्छ । कुन मानेमा कति खर्च हुन्छ भन्ने कुरा अहिले भन्न सक्दैनौं ।

युरोपका देश नै ८६ दिनसम्म लक डाउनमा परे । नेपालमा पनि लकडाउनको असर दुरसंचार क्षेत्रमा पनि स्वभाविक रुपमा नै पर्ने देखिन्छ ।

डिजिटल पेमेन्ट सहज बनाउने किसीमले टेलिकमले सेवा प्रवाह गर्दै छ कि छैन ?

यसमा २ वटा कुरा गर्न चाहन्छु ।

एउटा, बिल भुक्तानी तथा रिचार्जमा हामीले एमपोस मार्फत गर्दै आएका छौँ । यसका लागि ईसेवा, वालेट, खल्तीमार्फत काम भइरहेको छ । यस्तै, एसएमएस बैकिङ्ग, अनलाईन बैकिङ्गमा नेपाल टेलिकमले सहकार्य गरिरहेको छ । यस्तै, भिसाकार्डको पिन नम्बर मार्फत नेपाल टेलिकमको भुक्तानी गर्न मिल्नेलगायतको सेवा संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.