फोर्डले १० दिने अन्तर्क्रियात्मक अध्ययन प्रतियोगिता गर्दै, भाग लिने कसरी ?

  २०७७ वैशाख ५ गते १८:०८     विकासन्युज

काठमाडौं । फोर्डले बालबालिकाहरुको लागि १० दिने अन्तर्क्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात गरेको छ । ग्रुमिङ्गटेल्ससँग सहकार्य गर्दै यस समयलाई अझ रोमाञ्चक तथा सृजनात्मक बनाउनलाई उक्त प्रतियोगिता गर्न लागेको हो ।

यस प्रतिस्पर्धा बालबालिकाहरुको लागी राम्रो शिक्षा तथा अन्तरक्र्रियात्मक अनुभव रहनेछ । यसमा भाग लिई हरेक दिन दिइने चुनौती तथा कामहरु समाप्त/पुरा गर्नुपर्नेछ । प्रतिस्पर्धाको १०औं दिन बम्पर पुरस्कार विजेता घोषणा गरिने छ । उक्त बम्पर पुरस्कार सबैभन्दा बढी समर्पणका साथ सहभागी हुने प्रतिस्पर्धीलाई दिइने छ ।

प्रतियोगितामा भाग लिने तरिका तथा नियमहरु:

१. बालबालिकाका अभिभावकहरुले आफ्नो फेसबुकको टाइमलाइनमा @fordnepal @groomingtales को साथ पोष्ट गर्न जरुरी छ । साथै यस पोष्टका साथ प्रतिस्पर्धा पोस्टमा आफ्नो कमेन्ट दिनुपर्ने हुन्छ ।
२. ह्यास्ट्याग #ford #fordnepal #groomingtales को प्रयोग गर्ने ।
३. आफ्नो फेसबुक सेटिङ्ग पब्लिकमा राख्नुहोला । (तपाईको फेसबुक एकाउन्ट सेटिङ्ग प्राइभेट रहेमा तपाईले # प्रयोग गरेतापनि पोष्ट प्राप्त नहुन सक्छ )
४. अरु १० अभिभावकहरुलाई ट्याग गरी पोष्ट गर्नु पर्नेछ ।
५. आफ्नो पेजमा प्रतिस्पर्धा पोष्ट गरेपछी तपाईलाई फोर्ड किन मन पर्ने एक कारण कमेन्ट सेक्सनमा अवश्य लेख्नुहोला ।
६. माथिका चरणहरु पुरा परेपछि मात्र तपाईको प्रतिस्पर्धामा प्रवेश आधिकारिक हुनेछ ।
७. प्रतिस्पर्धाका विजेता फाेर सी- क्रियटिभ, कन्सेप्ट, कन्टेन्स, क्ल्यारिटीको आधारमा गरिनेछ ।
८. प्रतिस्पर्धा १७ अप्रिल मन शुरु हुनेछ । हरेक दिनको चुनौती/प्रतियोगिता बिहान ६ बजे पोष्ट गरिने छ र प्रतिस्पर्धीहरुले उक्त प्रतियोगिताको सामाग्री सोही दिन राती १० बजे सम्म पोष्ट गर्नुपर्नेछ । उक्त दिनको विजेता भोलीपल्ट दिनको १२ बजे फोर्ड नेपाल फेसबुक पेजमा गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.