प्रभु लाइफ इन्स्योरेन्सले प्यूठानका अस्पताललाई वितरण गर्यो ५० थान पीपीई

  २०७६ चैत २८ गते १८:१३     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्यूठान जिल्लास्थित अस्पतालहरुमा वितरण गर्नका लागि ५० थान(पीपीई) उपलब्ध गराएको छ । इन्स्योरेन्सले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

कम्पनीले चैत २८ गते उक्त स्वास्थ्य सम्बन्धी सामाग्रीहरु प्यूठान जिल्ला, प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपति मार्फत् उपलब्ध गराएको थियो । उक्त अवसरमा प्यूठान नगरपालिका प्रमुखले प्रभु लाइफ इन्स्योरेन्सप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.