१७ वटा स्थानीय राहत कोषमा सिद्धार्थ बैंकको ५ लाख १० हजार रुपैयाँ बराबरकाे सहयोग

  २०७६ चैत २८ गते १२:१४     विकासन्युज


काठमाडौं । सिद्धार्थ बैंकले स्थानिय तह अन्तर्गत रहेका १७ वटा स्थानीय तह राहत कोषमा ५ लाख १० हजार रुपैयाँ बराबरको सहयोग गरेको छ । बैंकले उक्त स्थानका गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत ३० हजार रुपैयाँको दरले सो मात्राको सहयोग उपलब्ध गराएको हो ।

कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै अक्रान्त बनेको यस घडिमा आफनो सहयोगी हातहरुलाई अगाडि बढाउदै दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका दैनिक जीवनयापनमा नै कठिन हुने वर्गलाई तत्काल राहत हुने गरी उक्त सहयोग गरेको हो ।

बैंकले निरन्तर सहयोग प्रदान गर्दै आएको र सो सहयोगबाट आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास बैंकले लिएको छ । उक्त रकम बैंकका निम्न शाखाहरु मार्फत प्रदान गरिएको होः

१. विनयी त्रिवेणी, नवलपुर
२. रामगोपालपुर, महोत्तरी
३. आमचोक, भोजपुर
४. गढी, सुनसरी
५. रोशी, काभ्रे
६. मर्चवारी, रुपन्देही
७. गोकुलगंगा, रामेछाप
८. देवघाट, तनहुँ
९. मकालु, संखुवासभा
१०. गोलन्जोर, सिन्धुली
११. आदर्श कोटवाल, बारा
१२. यसोधरा, कपिलवस्तु
१३. माधवनारायण, रौतहट
१४. देवताल, बारा
१५. पुथा उत्तरगंगा, पूर्वी रुकुम
१६. बहुदरमाई, पर्सा
१७. वुढीगंगा, बाजुरा

यसअघि सिद्धार्थ बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा १० लाख रुपैयाँको दरले ७० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रही आएको छ र विभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ ।

नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पुर्ण रुपमा पालना गर्दै बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ भने विश्वमा देखिएको यस बिशम परिस्थितसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसी प्रविधि मैत्री सुविधाको उपयोग गर्न आफ्ना ग्राहकहरु समक्ष आग्रह बैंकले गरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.