कोरोना सङ्क्रमण रोक्न कालीमाटी तरकारी तथा फलफूल बजार बन्द, अब चोकचोकमा नै बजार

  २०७६ चैत २६ गते ९:२७     विकासन्युज

काठमार्डौ । कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी तथा फलफुल बिक्री बन्द हुन भएको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले कालीमाटी बजारमा तरकारी र फलफुल किन्न जानेको भिड भए पछि बन्द गर्ने निर्णय गरेको हो । कालीमाटीले काठमाडौंको विभिन्न ११ वटा चोक चोकमा तरकारी तथा फलफुल बेच्ने निर्णय गरेको छ ।

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले कालीमाटीमा तरकारी तथा फलफुल बेच्न बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनले भने अब केही समय कालीमाटीमा तरकारी तथा फलफुलको भण्डरण मात्र हुने छ ।

लकडाउनका कारण बिहान २ बजेदेखि ६ बजेसम्म बजार खुल्ने गरेकोमा भिड बढेपछि काठमाण्डौका विभिन्न ११ वटा ठाउँमा तरकारी बिक्रीको व्यवस्था गरिएको काठमाण्डौ महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरपालिकाले कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गोङ्गबु चोक र बसुन्धरा चोकमा तरकारी पसल खोल्ने निर्णय गरेको छ । यस्तै गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा तरकारी पसल खोलिने समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.