भारतकाे अस्पतालबाट फरार भएका काेराेना संक्रमित नेपालमा भेटिए

  २०७६ चैत २५ गते १६:२०     विकासन्युज

काठमाडौं । भारतकाे एक अस्पतालबाट फरार भएका काेराेना संक्रमित नेपालमा भेटिएका छन् । भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमबार राती भागेका कोरोना भाइरस सङक्रमित एक जना नेपाली फेला परेका हुन् ।

धार्मिक गतिविधि आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएका उनी सुनसरीस्थित भोक्राहाका भएको भारतीय प्रहरीले जनाएको छ। शुक्रबार उनमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो।

तर, सोमवार राती अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो। बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले  भने ‘हामीले १० टोली परिचालन गरेका थियौँ, अहोरात्र काम गर्यौँ र अहिले पनि हामी फिल्डमा नै छौँ।’

‘भर्खरै हामीलाई उनी फेला परेको जानकारी प्राप्त भएको छ। उनका अनुसार ६५ वर्षका ती व्यक्तिलाई एक्ल्याएर कोभिड-१९ को उपचार गरिनेछ। बागपतका प्रहरी प्रमुख यादव भन्छन्, हामी उनी किन भागे भनेर बुझ्न खोज्छौँ।’

उनले उनको स्वास्थ्यको अस्पतालले गर्ने बताए ।  चिकित्सकहरूले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ। तर तनाव वा अरू कारणले उनी भागेका हुन सक्छन्। खेकडाको अस्पतालमा कोभिड-१९ को उपचार गराइरहेका उनी एकमात्र व्यक्ति भएको प्रहरीको भनाइ छ। बीबीसी

सुनसरीका एक काेराेना संक्रमित अस्पतालबाट फरार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.