महिला स्वास्थ्य स्वयंसेवीलाई १ हजार ५०० भत्ता वृद्धि, अरुलाई गफ मात्र

  २०७६ चैत २५ गते १२:५०     विकासन्युज

काठमाडौं । विश्वमा कोरोना महामारी फैलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा तीन वटा सम्बोधन गरेका छन् । पहिलो सम्बोधनमा मृगौला प्रत्यारोपणको लागि अस्पताल भर्ना हुने लागेको सन्देश दिएको थिए । दोस्रो सम्बोधन, अस्पतालबाट फर्किएर काम शुरु गरेपछिको थियो । त्यो सम्बोधनमा मुलतः कोरोना भाईरस विरुद्ध लड्न सबै एक जुट हुनुपर्ने र सामाजिक दुरी कायम गर्नु पर्नेमा जोड दिएको थिए ।

तेस्रो सम्बोधनमा उनले महिला स्वास्थ्य स्वंवसेवीलाई १ हजार ५०० रुपैयाँ भत्ता बढाएको जानकारी दिए । करिव २३ मिनेट लामो भाषणमा उनले नयाँ कुरा केही पनि बोलेनन् ।

मन्तव्यमा उनले सरकारको काम राम्रो भएकोले विदेशीहरुले प्रशंशा गरेको सुनाए । दोस्रो सरकारको गतिविधिलाई लिएर आलोचना गर्ने नागरिकहरुको आवाजलाई ‘निहित स्वार्थपूर्तिका अभिव्यक्ति’को संज्ञा दिए ।

कोरोना भाइरस संक्रमण रोगथाम, नियन्त्रण तथा उपचार समाग्री खरिदमा भ्रष्टाचार भएको भन्ने समाचार प्रकाशन गर्ने मिडिया र सरकारका कमी कमजोरीबारे सामाजिक सञ्जालमा अभिव्यक्ति दिने नागरिकहरुलाई गाली गर्न उनले लामो समय खर्चिए ।

माग धेरै र आपूर्ति कम भएको औषधि र उपचार सामाग्री खोसाखोस भएको, यस विषयमा सम्पन्न देशहरु समेत आरोप प्रत्यारोपमा लागेको बताए तर नेपाल सरकारले औषधि र उपचार सामाग्री ल्याउन गरेको प्रयास र सफलताबारे केही पनि बोलेनन् ।

प्रधानमन्त्रीले संकटको घटीमा रोजगारी गुमाउने र खान नपाउनेहरुलाई वडा कार्यालयमा जान सुझाव दिए । वडा कार्यालयले उनीहरुलाई भोकभोकै बस्न नदिने प्रबन्ध गरेको बताए । तर जनप्रतिनिधिहरुलाई संकटको घडीमा राहात वितरण गर्दा दलिय विभेद नगर्न निर्देशन दिएनन् । पछिल्लो समय वडा कार्यालयबाट समेत पहुँचवालाले लाभ लिईरहेको र राहात वितरण गर्दा दलिय भागभण्डाको अभ्यास भएको भिडियोसहितका तथ्यहरु बाहिर आएका छन् ।

प्रधानमन्त्री ओलीले आर्थिक विकासमा सरकारले पूर्ण सहयोग गर्ने बताए । तर बन्द भएको उद्योग व्यवसायलाई चलाउन राज्यले कस्तो सहयोग गर्ने भन्ने विषयमा प्रधानमन्त्री बेखवर झै मौन बसे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.