सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिलगंगा आँखा अस्तपताललाई वितरण गर्यो पीपीई

  २०७६ चैत २४ गते १६:०७     विकासन्युज

काठमाडौं । सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिलगंगा आँखा अस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पिपिइ दिएको हो ।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्तपतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पीपीई र ५०० थान माक्स हस्तान्तरण गरेका छन् । साथै, तिलगंगा आँखा अस्तपतालमा पनि ५ थान पीपीई बंैकका प्रमुख कार्यकारी अधिकृतले हस्तान्तरण गरेका छन् ।

हालसम्म बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.