शिवमले ३८० घर परिवारमा वितरण गर्यो खाद्यान्न, आईसोलेसन बेडका लागि आर्थिक सहयोग पनि

  २०७६ चैत २३ गते १७:३४     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनको लागि १० वटा आईसोलेसन बेड बनाउन आर्थिक सहयोग गरेको छ । अन्तराष्ट्रिय जगतलाई नै आक्रान्त बनाईरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) को महामारीको यस अवस्थामा कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त सहयोग गरेको हो ।

शिवमले मकवानपुर स्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप-महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरु संगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण सम्पन्न गरेको हो । यसका साथै मकवानपुर गढी गांउपालिकामा आईसोलेसन बेड सहितको १० बेडको क्वारेन्टाइन बनाउन समेत आर्थिक सहयोग उपलब्ध गराएको जानकारी गराएको छ ।

केही दिन देखी देशमा जारी लक डाउनका कारण सबै नेपालीको दैनिक जिवन नराम्ररी प्रभावित बनाएको छ । कोभिड १९ को संक्रमण फैलने क्रमलाई नियन्त्रण गर्न लक डाउन मात्र एक उपाय भएकोले यो अझ लम्विन सक्ने सम्भावना देखिएको छ ।

यस लक डाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबै भन्दा पिडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनि खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरुमा समेत स्थानिय तहसंगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवल किशोर चौधरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.