धनगढीकी महिलामा लक्षण बिनै काेराेना देखियाे

  २०७६ चैत २२ गते १५:३६     विकासन्युज

काठमाडाैं । शनिबार काेराेना संक्रमण देखिएकी धनगढीकी महिलामा काेराेना भाइरसकाे कुनै लक्षण नदेखिएकाे बताइएकाे छ । आज कोरोना देखिएकी युवती धनगढीका काेराेना संक्रमित युवककी भाउजु हुन् ।

चिकित्सकहरूका अनुसार कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुनेलगायतका लक्षण देखा पर्ने गर्दछन् । तर, उनमा भने ती कुनै लक्षण नदेखिएकाे बताइएकाे हाे ।

सेती अस्पतालका आकस्मिक कक्ष बिभाग प्रमुख चिकित्सक जगदिश जोशीले उनमा काेराेनाकाे लक्षण नदेखिएकाे तर नमुना संकलन गरी परीक्षण गरिसकेपछि रिपाेर्ट पाेजेटिभ देखिएकाे बताए । हाल, सेती प्रादेशीक अस्पतालमा अपचाररत चारै जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेका अस्पतालले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.