कोरोना संक्रमणको दोस्रो चरणमा नेपाल, दाेस्राे चरणमा के हुन्छ ?

  २०७६ चैत २२ गते १४:३८     विकासन्युज

काठमाडौं । नेपाल काेराेना संक्रमणकाे दाेस्राे चरणमा प्रवेश गरेकाे छ । शनिबार एकैदिनमा तीनजना कोरोना संक्रमित भेटिए सँगै नेपाल काेराेनाकाे दास्राे चरणमा प्रवेश गरेकाे हाे । नेपालमा बाहिरबाट आएको संक्रमण संक्रमितसँग सम्पर्कमा आएको व्यक्तिमा देखिएको छ ।

नेपाल शुक्रबारसम्म मात्र कोरोना संक्रमणको पहिलो चरणमा थियो अर्थात कोरोना संक्रमण फैलिएको देशबाट नेपाल मानिसहरुको संक्रमणहरु उनीहरुमै सिमित थियो ।

स्वास्थ्य मन्त्रालयको अनुसार शुक्रबारसम्म १३ सय ५६ जनामा कोरोना परीक्षण भएको छ जसमा आजको सहित गरेर ९ जनाको नमुना परिक्षण पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नेपाल संक्रमणको पहिलो चरणमा बताउँदै आएको थियो जुन आजबाट दोस्रो चरणमा प्रवेश गरेको छ ।

यो एउटा खतराको संकेोत हाे । चैत १४ गते कोरोना पोजेटिभ देखिएको व्यक्तिको आफन्तमा ८ दिनपछी कोरोना संक्रमण देखिएको हो । व्यक्तिको राम्रोसँग क्नट्याक ट्रेसिङ नहुनु, क्वारेन्टाईनमा कडाई नगरेकाे याे घटनाबाट प्रष्ट हुन्छ ।

कोरोना भाईरस फैलिने चार चरण हुन्छ

१.पहिलाे चरणः

पहिलो चरणमा त्यस्ता व्यक्ति संक्रमित हुन्छन् जो कोरोना संक्रमण भएको देशबाट यात्र गरेर फर्किएका हुन्छन् ।

२.दोस्रो चरण
संक्रमणको दोस्रो चरणमा भाईरस स्थानिय तहमा फैलिन्छ र संक्रमित व्यक्तिहरु ति हुन् कुनै न कुनै तरिकाबाट संक्रमण फैलिएको देशबाट आएका संक्रमित व्यक्तिहरुसँग संक्रमणमा आएका हुन्छन् ।

३. तेस्रो चरण वा क्मयुनिटी ट्रान्सिमिसन

यो संक्रमणको निकै नै खतरनाक चरण हो । यो चरणमा कुनै पनि व्यक्ति संक्रमण भएको कुनै पनि देशमा यात्रा नगरी वा भाईरसबाट संक्रमित व्यक्तिको संक्रमणमा नआई आफै संक्रमित हुन्छ ।

४.चौथो चरण

यो चरणमा भाईसले महामारीको रुप लिईसकेको हुन्छ र यसबाट हजारौं मानिसहरु संक्रमित भई ज्यान गुमाउन पुग्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.