नेपालमा पनि एक व्यक्तिबाट अर्काेमा सर्यो कोरोना, एकै दिन ३ जना संक्रमित थपिए

  २०७६ चैत २२ गते १३:२१     विकासन्युज

काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण फेला परेको छ । यसअघि संक्रमितको संख्या ६ पुगेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।

यस्तै, भारतको उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण फेला परेको छ ।

कैलालीका ३४ वर्षीय महिलामा पनि कोरोना संक्रमण फेला परेको छ । उनी कैलालीकै कोरोना संक्रमित पुरुषकी आफन्त हुन् । ३४ वर्षीय महिलामा कोरोनो संक्रमण देखिएसँगै नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्काे व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ९ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.