प्रदेश सरकार मार्फत दैनिक मजदुरी गर्नेलाई उद्योग परिसंघले सहयोग गर्दै

  २०७६ चैत २० गते १९:०८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघ सरकारसंग सहकार्य गर्दै कोरोनाभाईरसका कारण उत्पन्न विषम परिस्थितीसंग जुध्न लागि परेको छ । दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री लगायत अत्यावश्यकीय सामान उपल्ध गराउने कार्य गरिरहेको छ ।

आज सुदूरपश्चिम उद्योग परिसंघका संयोजक हेम विक्रम थापाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई राहत सामाग्री उपलब्ध गराएका हुन् । त्यस्तै प्रदेश नं १ उद्योग परिसंघका प्रदीप शारदाले मुख्यमन्त्री शेरधन राईलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् । दुवै स्थानमा दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक/एक हजार थान प्यकेटहरु हस्तान्तरण गरिएको हो ।

आजै प्रदेश नं २ र काठमाण्डौ तथा ललितपुर महानगर तथा भक्तपुर नगरपालिकाहरुलाई समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परिसंघले जनाएको छ । नेपालका सवै प्रदेशहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराई रहेको संघले जनाएको छ । यो रोगसंग जुध्न अग्रपंतिमा रहने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्य कर्मिहरु, आपत्कालीन व्यवस्थामा खटिरहेका हरेक व्यक्ति तथा संस्थाहरुको हौसला बढाई राख्न र संकट नटरेसम्म सवैलाई आत्मसंयम बनाई राख्न नेपालको निजी क्षेत्र तथा नेपाल उद्योग परिसंघ सवैमा आग्रह गरेको छ ।

दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन सवैमा आग्रह समेत गर्दछ ।  यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिदै सोको आपुर्ति व्यवस्थालाई दुरुस्त राख्न समेत आग्रह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.