कोरोना भाईसरसँग जुध्न नेपाल सुनचाँदी व्यवसायी महासंघको १५ लाख सहयोग

  २०७६ चैत २० गते १८:०७     विकासन्युज

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले कोरोना भाईसरसँग जुध्न १५ लाख रुपैयाँ सहयोग गरेको छ । महासंघले विश्वव्यापीरुपमा निम्तिएको एस किसिमको महामारीको रोकथाम तथा औषधोपचारमा सहयोग पुर्याउन सरकारले स्थापना गरेको कोरोना भाईरस(कोभिड-१९) संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल उक्त रुपैयाँ उपलब्ध गराउने भएको हो ।

साथै यस्तो विकराल अवस्थामा आगामी दिनहरुमा पनि महासंघले सरकारसँग हातमा हात मिलाउँदै आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदछौं ।

विश्वमै कोरोना भाईरसका कारण आर्थिक तथा मानवीय क्षती भईरहेको अवस्थामा नेपालमा यसको असर कम गर्दै मानवीय संकट आउन नदिन संघीय, प्रादेसिक तथा स्थानीय सरकारसंग थप समन्वय तथा प्रभावकारीताको अपेक्षा गर्दै सरकारले जारी गरेका सम्पूर्ण निर्देशनहरु पालना गर्न महासंघले सबैसँग आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.