कोरोना रोकथाम कोषमा एनएमबि बैंकको १ करोड ५१ लाख योगदान

  २०७६ चैत २० गते १५:५६     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले कोरोना भाइरसको प्रसार विरुद्ध अग्रसर हुन स्थापित सरकारको कोभिड-१९ रोकथाम कोषलाई १ करोड ५१ लाख रुपैयाँ योगदान गरेको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष उक्त रकमकाे चेक प्रदान गरेका हुन् ।

कोभिड-१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ । यस बाहेक बैंकले अनलाइन व्यापारीहरु सँग पनि सम्झौता गरेको छ, जँहा एनएमबि बैंकको मोबाइल बैंकिङ्ग संरचना अन्तर्गतको क्यू आर कोडमार्फत गरिएको कुल भुक्तानीको १५ प्रतिशत रकम कोभिड-१९ रोकथाम कोषमा प्रदान गरिनेछ ।

‘हामी विश्वस्त छौं कि यो विषम परिस्थितिमा हाम्रो प्रत्येक पहलकदमीले हाम्रो समुदायमा दिगो प्रभाव पार्न हातेमालो गर्नेछ । बैंक यस महामारीलाई पराष्त गर्न सरकार र जनतालाई सहयोग पुर्याउने नविनतम विधिहरु र माध्यमहरु अन्वेषण गर्न प्रतिवद्ध छ’, प्रमुख कार्यकारी अधिकृत के.सी. ले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.