स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी

  २०७६ चैत १९ गते १५:०५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त डकाल विरुद्ध अख्तियारमा उजुरी परेको छ ।

विवेकशील नेपालीका प्रदेशसभा सदस्य रमेश पौडेलले ढकाल विरुद्ध अख्तियारमा उजुरी गरेका हुन् ।

सरकारले आईतबार चैत १६ गते चीनबाट ल्याएको मेडिकल किटहरुमा अनमियतात गरेको भन्दै पौडेलले अख्तियारको वेभसाईट मार्फत उजुरी हालेका हुन् ।

मन्त्रालयले आफै खरिद गरेको र्यापिड टेष्ट किट भरपर्दो नभएको भनेर मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा. खेम कार्कीले कोभिड १९ को नियमित ब्रिफिङमा बताएका थिए ।

विश्व स्वास्थ्य संगठनले र्यापिड टेष्ट किट भरपर्दो नभएको कारण प्रयोग नर्गन बताएको छ ।

चीनबाट ल्याईएको सामान बढि मुल्यमा किनेको भन्दै ढकाल माथि प्रश्न उठ्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.