बुटवलमा मृत्यु भएको व्यक्तिमा देखिएन काेराेना‍- स्वास्थ्य मन्त्रालय

  २०७६ चैत १७ गते १६:५१     विकासन्युज

काठमाडौं । बुटवलमा मृत्य भएको व्यक्तिको नतिजा नेगेटिभ आएको छ । कोरोना आशंकामा उनलाई बुटवलको अस्पतालमा क्वारेन्टाईनमा राखिएको थियो ।

कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा बुटवलमा मृत्य भएको व्यक्तिको नतिजा नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन् ।

हाल सम्म ९ सय ९३ जनाको कोरोना परिक्षण भएको छ जसमा ५ जनामा पोजेटिभ देखिएको छ भन्दा एक जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.