११३७ मा फोन आएपछि सामानसहित सरकारी टोली सुत्केरीको घरमा

  २०७६ चैत १६ गते १८:३८     राजाराम न्यौपाने

काठमाडौं । सरकारले सामान सकिए घरघरमा आएर समान उपलब्ध गराउने भनेको थियो । त्यसै अनुरुप सरकारले ललितपुरको लेलेमा घर भएकी एक सुत्केरीलाई सामान पुर्याएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोल फ्रि नम्बर ११३७ मा फोन आयो र लेलेकी सुत्केरी महिलाले म सुत्केरी भएको केही दिन भयो । मैले खाना पाकाउने ग्यास पाइन भनेर वाणिज्य विभागमा फोन आयो ।

टोल फ्रिमा आएको फोनलाई वाणिज्य विभागले गम्भिरतका साथ लियो । वाणिज्यको टोलि ललितपुरको सुत्केरी महिलाको घर नजिकै भएको ग्यास डिलरमा गएर ति महिलाको घरमा ग्यास लगिदियो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग निर्देशक तथा प्रवक्ता रविन्द्र आचार्यले सुत्केरीको घरमा ग्यास र्पुयाएको बताए । मानवियताका हिसाबले पनि सुत्केरीले खान पकाउन ग्यास भएन भने पनि विभागले ति महिलालाइ ग्यासको व्यावस्था मिलाइदिएको आचार्यले विकासन्यूजसगँ बताए ।

सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा सहज आपूर्तिका लागि भरपुर प्रयत्न गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकराले टोलटोलमा सामान पुर्याउने तयारी भइरहेको बताएका छन् । सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको उनले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा अत्यावश्यक वस्तु र्पुयाउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था उद्योग मन्त्रालयले गरेको छ । काठमाडौँ ललितपुर र भक्तपुरमा सात/सातवटा मिनीट्रक तयारी अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

केही दिन अघि उद्योग मन्त्री लेखराज भट्टले पनि मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु र्पुयाइने बताएका थिए ।

जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यसका लागि मन्त्रालयले ११३७ टोल फ्री नम्बर पनि सञ्चालनमा ल्याएको छ । कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा सामान र्पुयाउनु पर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको मन्त्रीको भनाइ थियो ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लकडाउन भइरहेको अवस्थामा यस्तो तयारी गरेको हो । सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.