सातै प्रदेशमा कोरोना परीक्षण ल्याबको लागि विज्ञ र कर्मचारी खटाउन सुरु

  २०७६ चैत १६ गते १६:५३     विकासन्युज

काठमाडौं । सातै प्रदेशमा कोरोना परीक्षण ल्याब सुरु गर्न सरकारले विज्ञ र कर्मचारी खटाउन सुरु गरेको छ ।

कोभिड १९ सम्बन्धी नियमित ब्रिफिङमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सातै प्रदेशमा कोरोना परीक्षण ल्याब सुरु गर्न कर्मचारी खटाउन सुरु गरिएकाे जानकारी दिएका हुन् ।

प्रदेश २ को परीक्षण ल्याब जनकपुरमा, गण्डकी प्रदेशको पोखरामा, बागमती प्रदेशको हेटौडा, कर्णली प्रदेशको सुर्खेत र सुदुरपश्चिमकाे धनगढीमा विज्ञ र कर्मचारी खटाईसकेको श्रेष्ठले जानकारी दिएका हुन् ।

ल्याब स्थापनाको लागि केही सामानहरु आईपुगेको श्रेष्ठले जानकारी दिए । हाल सम्म काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र केही दिनअघिदेखि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.