यस्ता छन् राष्ट्र बैंकले ल्याउन लागेका राहत प्याकेज

  २०७६ चैत १६ गते १२:४८     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासका कारण सिथिल भनेको नेपाली अर्थतन्त्रलाई त्राण दिन नेपाल राष्ट्र बैंकले विशेष कार्यक्रम ल्याउने भएको छ ।

कोभिड १९ सम्भावित संक्रमण नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन घोषणा गरेको र यसको कारण आर्थिक गतिविधि ठप्प भएपछि राहतका लागि विशेष कार्यक्रम ल्याउन राष्ट्र बैंक जुटेको हो ।

२०७२ सालको भूकम्पको बेलामा राहत दिन ल्याइएका जस्तै कार्यक्रम ल्याउने गृहकार्य भइरहेको राष्ट्र बैंकले स्रोतले जानकारी दियो । यस्तो कार्यक्रम भनेको प्रत्येक्ष र सबैभन्दा बढी असर परेका उद्योग व्यवसायका लागि सहुलियत व्याजदरमा कर्जा पाइने, साँवा तथा व्याजको किस्ता तिर्ने समय बढाउने, पुनरकर्जाको सविधा बृद्धि गर्नेलगायतका कार्यक्रम हो ।

‘देश पूरै ठप्प छ, आपूर्ति प्रणाली ध्वस्त भएको छ, औद्योगिक उत्पादन छैन, सेवा क्षेत्र पनि प्रभावित भएको छ, धेरैको रोजगारी गुमेको अवस्था छ, वित्तीय क्षेत्रको स्थायित्वमै प्रश्न उठ्न सक्ने देखिएको छ, त्यसैले सकिनेसम्मको विशेष कार्यक्रम ल्याउन गृहकार्य गरिरहेका छौं,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

उनले कर्जाको साँवा व्याज तिर्ने म्याद कम्तिमा १ महिना बढाइने तयारी भइरहेको बताए । यस्तो समय अलि धेरै हुन सक्ने पनि उनको भनाइ छ ।

यस्तो कार्यक्रम आएको थियो भूकम्पपछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.