लक डाउनमा बीमा सेवा सहज बनाउँदै बीमा संस्थान, बीमितलाई सेवा दिन चार कर्मचारी खटिए

  २०७६ चैत १४ गते १३:००     विकासन्युज

काठमाडौं ।  काेराेना भाइरसकाे जाेखिम कम गर्न सरकारले लक डाउन गरिरहेकाे बेला राष्ट्रिय बीमा संस्थानले बीमितले पाउने सेवालाई थप सहज बनाएकाे छ । बीमितहरूकाे सेवालाई मध्येनजर गर्दै संस्थानले चार जना कर्मचारी काम गर्नका लागि खटाएकाे हाे ।

शुक्रबार एक सूचना जारी गर्दै संस्थानले बीमा अत्यावश्यकमा परेकाेले काम नराेक्ने उल्लेख गरेकाे छ । संस्थानले
नायव महाप्रबन्धक महेश रिमाल,सह–व्यवस्थापक आशा कुमारी बस्नेत, सह–व्यवस्थापक चुडाराज अधिकारी र सह–व्यस्थापक दीपा अधिकारीलाई खटाएकाे हाे ।

बीमितले दावी भुक्तानी, अभिकर्ता सम्बन्धी कार्य र अन्डरराईटिङ्ग सम्बन्धि सेवाकालागि उनीहरूसँग सम्पर्क गर्न सक्नेछन् । साथै, भुक्तान हुन बाँकी रहेको नविकरण बीमाशुल्क सबै सार्वजनिक सेवा सामान्य भएको मितिले पन्ध्र दिन भित्र बुझाएमा बीमाशुल्क किस्तामा लाग्दै आएको व्याज बुझाउँनु नपर्ने संस्थानको सूचनामा उल्लेख गरिएकाे छ ।

अभिकर्ता ईजाजत पत्र नविकरण गर्दा लाग्ने नविकरण शुल्क बीमा समितिको नबिल बैंकमा रहेको खाता नम्बर ०११००१३०११००१ मा चैत्र मासन्तभित्र बुझाएमा जरिवाना तिर्नु नपर्ने जनाएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.