शिखर इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन स्थगित

  २०७६ चैत १४ गते १०:०७     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन स्थगित भएको छ । कम्पनीले चैत १३ गतेदेखि १ बराबर ०.३ अनुपातमा हकप्रद सेयर निष्काशन खुला गरेको थियो ।

कोरोना भाइरसको जोखिम रोक्न चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै अत्यावश्यक वाहेक सेवा रोक लगाउने घोषणा गरेकोले अर्को सूचना जारी नभएसम्मको लागि हकप्रद सेयर निष्काशन प्रक्रिया रोकिएको कम्पनीले जनाएको छ ।

परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरी उक्त सेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिने कम्पनी सचिव सुरज राजबहाकले जानकारी दिए । नयाँ निष्काशन हुँदा बुक क्लाेज भने पुरानै हुने उनले बताए ।

कम्पनीले फागुन १२ गतेसम्म कायम रहेका सेयरधनीकाे लागि हकप्रद सेयर जारी गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.