विश्व रुवाउने दर्दनाक भिडियोः जहाँ कोरोनाले मृत्यु भएकी बहिनीको शवसँग भक्कानिन्छन् दाजु

  २०७६ चैत १३ गते २१:२९     विकासन्युज

काठमाडाैं ।  विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)ले मानिसमा त्रासमात्र होइन त्योभन्दा बढी भावुक पनि बनाएको छ । कोरोनाकै कारण अहिलेसम्म विश्वभर २२ हजार २६ जनाले ज्यान गुमाइसकेका छन् ।

महामारीको रुपमा फैलिरहेको यो भाइरसकै कारण कतिपय आफन्तहरु आफ्नो संक्रमित व्यक्तिको शव पर्खिरहेका हुन्छन् । अझ इटालीमा त दैनिक ६ सयभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइरहेको छ ।

यस्तै, एउटा भावुक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यो भिडियो हो इटालीको । इटालीका एक चर्चित अभिनेता लुका फ्रेंजीले कोरोनाका कारण आफुले भोग्नु परेको दुख भिडियोमार्फत सबैलाई शेयर गरेका छन् ।
उनले भिडियोमा कोरोनाका कारण बहिनिको अन्तिम संस्कारको लागि कोहि पनि साथ दिन नआएको बताएका छन् ।

कोरोनाकै कारण सेल्फ आइसोलेसनमा बसेका उनले भिडियोमा कोरोनाको कारण मृत्यु भएकी आफ्नो बहिनिको लाश २ दिनसम्म घरमै राखेको बताएका छन् । उनले बहिनीको मृत्यु भएपछि प्रशासनलाई खबर गरेर प्रतीक्षा गरेको तर कोहि पनि नआएको भिडियोमा बताएका छन् ।

उनले बहिनीको शब देखाउँदै भनेका छन्, ‘म एक्लैले मेरो बहिनिको शव कहाँ लैजाउँ र अन्तिम संस्कार कसरी गरुँ ?’ भन्ने प्रश्न गरेका छन् । बहिनीको मृत्यु भएपछि धेरैसँग आफुले सहयोग मागेको तर कोहिले सहयोग नगरेको बताएका छन् । उनले हाल इटालीमा भएको हालतबारे आफुले देखाउन खोजेको भिडियोमा बताएका छन् ।अहिले कोरोना भाइरसले निम्त्याएको विपत र समस्याको बारे बोल्ने मानिसहरुको संख्या सामाजिक सञ्जालमा बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.