२५ हब अस्पताललाई फिभर क्लिनिक चलाउन सरकारले १०/१० लाख दिने

  २०७६ चैत १३ गते १६:५८     विकासन्युज

काठमाडौं । सरकारले फिभर क्लिनिक संचालन गर्नको लागि हब अस्पतालहरुलाई १०/१० लाख रुपैंया प्रदान गरेको छ ।

कोरोनाभाईरससँग सम्बन्धित नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोईरालाले सरकारले फिभर क्लिनिक संचालनको लागि २५ हब अस्पताललाई १०/१० लाख प्रदान गरिएको बताएका हुन् ।

उक्त रकमले किल्निक संचालन गर्नको लागि चाहिने उपकरणहरु गर्न उनले बताए ।

ती अस्पतालले फिबर क्लिनिकमा आएका व्यक्तिमध्ये शंकास्पदको नमुना मात्र परीक्षणका लागि पठाउने उनले बताए।

हालसम्म ७ सय शका‌ंसपद बिरामीको कोरोना संक्रमण परीक्षण गरेकोमा ३ जनामा मात्र संक्रमण देखिएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.