लकडाउनको कारण भिडिओ कन्फ्रेन्सबाटै विवाह !

  २०७६ चैत १३ गते १४:२४     विकासन्युज

काठमाडौं । हामीले अनलाइनबाट समान किन्ने र बेच्ने गरेको त सुनेका छौं । तर, अहिले लकडाउनको समयमा सामान किन्ने र बेच्ने पनि रोकिएको छ ।  लक डाउनको बेलामा सिंगापुर र भारतमा अनलाइनबाट विवाह भएको पाइएकाे छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीले मानिसहरूको जीवनयापन असहज बनाएको छ । यही समयमा सिंगापुरमा एउटा जाेडीकाे भिडिओ कलबाट  विवाह  भएको छ ।  दुवै जना चीनको वुहानबाट (कोरोना भाइरसको केन्द्रविन्दु) फर्किएका र उनीहरूको वैवाहिक समारोहमा बोलाइने पाहुनाहरू आउन अनिच्छुक भएपछि उनीहरूले यस्तो उपाय अपनाएका थिए ।

भारतमा पनि अनलाइन विवाह भएको छ । विहार र उत्तर प्रदेश राज्यका केटाकेटीबीच अनलाइनबाट विवाह भएको हाे। पटनाको फूलवारी शरीफमा सदब नसरिन वेहुली बनेकी थिइन र उत्तर प्रदेशको साहिबाबादमा दानिश रजा वेहुला थिए । उनीहरुले आफू बसेकै ठाउँबाट अनलाइन विवाह गरेका हुन । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.