चीनियाँ कम्पनीकाे नेपाललाई २ हजार किट उपहार हस्तान्तरण

  २०७६ चैत १३ गते ११:५६     विकासन्युज

काठमाडौं । चीनको बेइजिङ म्यानुसिपाल ट्रेड र कर्मश ब्युरोले ३० हजार अमेरिकी डलर मूल्य बराबारको २ हजार टेस्ट किट नेपाललाई हस्तान्तरण गरेको छ । कोरोना भाइरस अर्थात कोभिड १९ को परक्षणको लागि पर्याप्त सामाग्री नभएको कारण टेस्ट किट बेइजिङ स्थित नेपाली दुतवासलाई बुधबार हस्तान्तरण गरिएको हाे ।

उक्त किट नेपाल सरकारलाई चाइनिज कम्पनीले उपहार स्वरुप प्रदान गरेको हो । बेइजिङ म्यानुसिपाल ट्रेड र कर्मश ब्युरोको लागि काठमाडौंबाट काम गरिरहेको ईन्टरनेसनल ईन्भेस्मेन्ट एण्ड कर्पोरेशन कन्सल्टिङ सर्भिसेस कम्पनि प्राईभेट लिमिटेडका अनुसार उक्त किट कोरोनाको पर्याप्त परीक्षण हुन नसकेको कारणले प्रदान गरिएको जनाइएको छ ।

राजदुतावासले किट बिहिबार तिब्बत आइपुग्ने र त्यहाँबाट स्थलमार्ग हुँदै काठमाडौं ल्याउने तयारीमा रहेको जनाएको छ ।

एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.