घरघरमा अत्यावश्यक वस्तु पुर्याउने तयारीमा सरकार

  २०७६ चैत १२ गते १३:०४     विकासन्युज

काठमाडाैं । सरकारले घरघरमा अत्यावश्यक सामान  पुर्याउने तयारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन साताव्यापी ‘लकडाउन’ गरेको अवस्थामा सरकराले घरघरमा अत्यावश्यक सामान पुर्याउने तयारी गरेको हो ।

सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा सहज आपूर्तिका लागि भरपुर प्रयत्न गरिरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकराले टोलटोलमा सामान पुर्याउने तयारी भइरहेको बताएका छन् ।
सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको उनले जानकारी दिए ।

काठमाडौँ उपत्यकाको हकमा अत्यावश्यक वस्तु र्पुयाउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको उनले बताए । काठमाडौँमा १५, ललितपुर र भक्तपुरमा सात/सात मिनीट्रक तयारी अवस्थामा रहेको उनको भना इछ ।
‘ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु र्पुयाइने छ’, मन्त्री भट्टले भने ।

जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ,’ उनले भने ।
कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नु पर्नेछ । सोही मिनीट्रकमा राखेर घरघरमा खाद्यान्न र्पुयाइने उनकाे  भनाइ छ। कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा सामान र्पुयाउनु पर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उनको भनाइ छ ।

यस्तै, ग्यासको अभाव हुन नदिन नयाँ ढङ्गले योजना बनाइएको उनको भनाइ छ । केहीगरी ग्यास आउन सकेन भने कसरी आपूर्ति गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको उनले बताए । अत्याश्वक क्षेत्रमा ग्यासको अभाव हुन नदिन एक लाख सिलिण्डर ग्यास भरेर तयारी अवस्थामा राख्न र बाँकी एक लाख सिलिण्डर तत्कालै ग्यास भर्न मिल्ने गरी तयारी हालतमा बस्न पनि उद्योगीलाई निर्देशन दिइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.