डिशहोमको नियमित प्याकेजका ग्राहकहरुले थप च्यानलहरु हेर्न सक्ने

  २०७६ चैत ११ गते १७:३४     विकासन्युज

काठमाडौं । डिशहोमले  नियमित प्याकेजका ग्राहकहरुलाई थप च्यानलहरु  उपलब्ध गराउने भएको छ।

डिशहोमका नियमित प्याकेजका ग्राहकहरुले प्लस प्याकेजका ११ वटा थप च्यानलहरु  हेर्न सक्नेछन् । प्लस प्याकेजहरुमा प्लस मुभि एचडी एण्ड एसडी, रमाईलो टिभी एचडी एण्ड एसडी, एक्सन स्पोर्टस् एचडी एण्ड एसडी, गुञ्जन एचडी एण्ड एसडी, सिने हिटस् एचडी एण्ड एसडी, नाइनएक्सएम एचडी, डी मूभिज, के वर्ल्ड, जुनियर टिभी, रायम्स टिभी र भोजपुरी टिभी रहेका छन् ।

कोभिड १९ का कारण विश्वव्यापी महामारीसँग जुध्न नेपाल सरकारले गरेका निर्णयहरूमा सहयोग गर्दै कम्पनीले आफ्नो सामाजिक उत्तर्दायित्व अन्तर्गत उक्त सेवा उपलब्ध गराएकाे हाे ।

यसका साथै कम्पनीले सरोकार टिभी, सीएनएन, बीबीसी वर्ल्ड न्यूज, अल्जाजीरा, आजतक, एबीपी न्युज, जी न्युज, इन्डियन टुडे, टाइम्स नाऔं, न्युज इन्डिया र इन्डिया टिभी जस्ता समाचार च्यानलहरु पहिलेदेखि नै सम्पूर्ण प्याकेजमा उपलब्ध गराउँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.