‘क्यू आर ६५२’ नम्बरको फ्लाइटका २ सय ५ जना यात्रुलाई काेराेना परीक्षण गर्ने कि ?

  २०७६ चैत १० गते १७:०३     डाेमी शेर्पा

काठमाडौं । चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि अहिले झन ठूलाे त्रास फैलिएकाे छ । नेपालमा अहले सम्म एक जनामा पनि काेराेना देखिएन भन्ने हल्ला चलिरहेका बेला उनमा काेराेना पाेजेटिभ देखिएपछि त्रसित बनेका हुन् ।

अहिले मानिसहरू त्याे घटनालाइ लिएर विभिन्न किसिमका टिकाटिप्पणी गर्न थालेका छन् । कतिले उनकाे घरपरिवारलाई पनि चेकजाँच गर्न  भनिरहेका छन् भने कतिपय त उनीसँगै हवाइमा आएका सबैलाई चेकजाँच गर्नु पर्ने आवाज उठाइरहेको छन् ।

सोमबार कतार एयरवेजबाट नेपाल आएकी ती विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि उनीसँग आएका अन्य यात्रुले पनि परीक्षण गनुपर्ने धारणा नागरिकले मात्र हाेइनन् विज्ञहरूले पनि  राखेका छन् ।

अहिले मार्च १७ अर्थात् चैत ४ गते कतारको दोहाबाट नेपाल आएकी ती युवतीमा संक्रमण पुष्टी भएपछि उक्त फ्लाइटमा आएका अन्य यात्रुको पनि खोजी सुरु भएको जनाइएकाे छ । कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल उत्रेकी युक्त यात्रुलाई कोरोनाको संक्रमण पुष्टी भएको सरकारले सोमबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिएको हाे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलाेचन पाैड्यालका उनुसार उनी कतारको दोहाबाट क्यू आर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएकी थिइन् । प्राधिकरणका अनुसार उक्त दिन त्यो जहाजमा २ सय ५ जना यात्रु रहेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निर्देशक बद्री बहादुर खड्काले ती सबैकाे काेराेना परीक्षण गर्नु पर्ने बताए । यसका लागि सरकारले गृहकार्य थालेकाे उनकाे भनाइ छ । उनले साे फ्लाइटमा आएका सबैले सेल्फ क्वारेन्टाइनमा बस्न पनि आग्रह गरे ।

तर,उक्त जहाजमा यात्रा गरेका अन्य २ सय ५ जना यात्रुहरुलाई भने अझै पनि क्वारेन्टाइनमा राखिएको छैन । अहिले विभिन्न ठाउँबाट ती २ सय ५ जना यात्रुहरुलाई सम्पर्कमा ल्याई क्वारेन्टाइनमा राख्नु पर्ने आवाज उठिरहेको हो । उनीहरूलाई  क्वारेन्टाइनमा राखी काेराेना परीक्षण गर्नु पर्ने धारणा अहिल सर्वत्र छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.