नेपालमा कोरोना देखिए पछि डराउन थाले मानिस, विश्वभर त्रास फैलाएको भाइरसबाट कसरी बच्ने ?

  २०७६ चैत १० गते १५:३१     विकासन्युज

काठमाडौं । नेपालमा पनि कोरोना भाइरस देखिए पछि धेरै मानिसहरु डराउन थालेका छन् । कोरोना भाइरससँग डराउनुभन्दा पनि सतर्क रहनु आवश्यक छ । फ्रान्सबाट फर्केकी एक नेपाली महिलामा यो संक्रमण देखिएको हो ।

विश्वभर कोरोना भाइरसको त्रास फैलिहरको बेला नेपालमा पनि कोराना भाइरस देखिएको छ । विश्वभर ३ लाख ३८ हजारभन्दा बढी मानिसमा देखिएको यो संक्रमणबाट करिब १ लाख मानिस निको भएर घर फर्किसकेका छन् भने २ लाख १४ हजारभन्दा बढी मानिसमा यो भाइरसको सामान्य मात्र संक्रमण छ । यो भाइरसले १४ हजारभन्दा धेरैको ज्यान लिइसकेको छ ।

त्रास फैलिन नदिन सरकारले गरेको निर्णयहरु पालना गर्दै व्यक्ति पनि सुरक्षित रहन आवश्यक छ । कोरोनाको संक्रमण नफैलियोस भनेर सरकारले विद्यालय, लामो दूरीको यातायात लगायत संक्रमण फैलिने क्षत्रहरु बन्द गरिसकेको छ ।

कोरोना भाइसरबाट कसरी बाच्ने ?

रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो । नियमित साबुन पानीले हात धुने, सकेसम्म घर बाहिर ननिस्किने, सार्वजनिक स्वास्थ्य सुझावको पालना, प्रतिरक्षा क्षमता बढाउने र शान्त रहन सकेमा कोरोना भाइरस फैलिदैन ।

के हो त कोरोना भाइरस ?

कोरोना भाइरस जनवारबाट सर्ने एक भाइरस हो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् ।

कसरी थाहा पाउने कोरोना भाइरस ?

सुरुमा समान्य रुघाखोकी लागछ । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.