सेयर बजार ५ दिनसम्म बन्द गर्ने निर्णय

  २०७६ चैत ९ गते २०:०५     विकासन्युज

काठमाडाैं । धितोपत्र बोर्डले सेयर बजार ५ दिनसम्म बन्द गर्ने निर्णय गरेकाे छ । बाेर्डमा आइतबार बसेकाे बैठकले सेयर बजार ५ दिनसम्म बन्द गर्न निर्देशन दिने निर्णय गरेकाे हाे ।

बोर्ड स्रोतका अनुसार सोमबारदेखि कार्यदिनसम्म सेयर कारोबार हुने छैन । अर्काे साताको लागि भने परिस्थिती हेरेर निर्णय हुने छ ।

शुक्रबार प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेका थिए । अत्यावश्यक सेवामा सेयर बजार नपर्ने भएपनि आइतबार दिनभर लगानीकर्ताका संगठन र नेप्सेबीच सेयर कारोबार खोल्ने कि बन्द गर्ने भन्ने विषयमा विवाद भएर याे निर्णय भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.