ललितपुरको विद्यालयलाई नेपाल बंगलादेश बैंकको आर्थिक सहयोग

  २०७६ चैत ६ गते १९:१०     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले ललितपुरको इमाडोलस्थित श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चैत ६ गते विद्यालयलाई सो मात्राको रकम हस्तान्तरण गरेको हो ।

विद्यालयलाई आवश्यक परेको डिजिटल स्क्रोलिङ सूचना बोर्ड जुटाउनका लागि बैंकले सो रकम उपलब्ध गराएको हो । यो सहयोगले विद्यालयमा महत्वपूर्ण सूचना प्रदान गर्नको लागि सहज हुने विद्यालयका प्रधान अध्यापक एक बहादुर भण्डारीले जानकारी गराए ।

यसका साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने बैंकको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.