विश्वभर फैलिएको कोरोना भाइरस विरुद्ध खोपको परीक्षण अमेरिकाबाट सुरु, गर्ला त काम ?

  २०७६ चैत ४ गते १०:४३     विकासन्युज

काठमाडौं । अमेरिकाले कोरोनाको भारइरस विरुद्धको खोपको परीक्षण अमेरिकाबाट सरु गरेको छ । अमेरिकाले कोरोनाभाइरसको खोप पहिलो पटक परीक्षण शुरु गरेको हो ।

यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् ।

एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको हो ।

यो खोप पहिलोपटक सोमबार सियाटलकी ४३ वर्षीया महिलाले लिएकी थिइन् । विश्वभरका वैज्ञानिकहरु चाँडोभन्दा चाँडो कोरोनाभाइरसको खोप तयार गर्न लागि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.