सार्कमा कोरोना राेकथाम गर्न आपतकालीन कोष स्थापना, भारतले १ करोड डलर दिने

  २०७६ चैत २ गते १८:४४     विकासन्युज

काठमाडौं । सार्क राष्ट्रहरुमा कोरोना भाइरसको रोकथाम गर्नका लागि आपतकालीन कोष  स्थापना गरिएको छ । अहिले भइरहेकाे सार्क भिडियो कन्फ्रेन्समा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन कोषको स्थापना गर्ने घोषणा गरेका हुन् । उनले भारतले एक करोड अमेरिकी डलर दिने बताए ।

माेदीले उक्त काेषमा सदस्य मुलुकले स्वेच्छाले रकम थप्न सक्ने प्रस्ताव गरेका छन् । संभावित भाइरसमा हुनसक्ने स्थानमा एकीकृत रोग निगरानी पोर्टल स्थापना गर्न यो रकम खर्च गरिने मोदीले बताएका छन्।

‘सार्क साझेदारहरुसँग हामीले रोग निगरानी सफ्टवेयर सेयर गर्ने छौं, त्यसलाई कसरी सञ्चालन गर्ने भनेर तालिम दिने छौँ, भारतले कोरोना महामारीको रुपमा फैलनबाट रोक्नका लागि चिकित्सक तथा विशेषज्ञहरुको ¥यापिड रेस्पोन्स टिम निर्माण गर्ने छ,’ उनले भने ।

छलफलमा बंगलादेश, पाकिस्तान र मान्दिभ्सले सार्क परराष्ट्रमन्त्रीहरुको पनि भिडियो कर्न्फेन्स गर्न र विश्व स्वास्थ्य संगठन जस्ता एजेन्सीहरुलाई पनि छलफलमा सहभागी गराउन प्रस्ताव गरेका थिए । साथै सबैले कोभिड १९ को संक्रमणबाट जोगिन सार्क राष्ट्रहरुबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.