डिशहोमले केवर्ल्ड च्यानल शुरु गर्दै, कोरियन गीत तथा सिरिज प्रशारण हुने

  २०७६ फागुन २९ गते १९:३३     विकासन्युज

काठमाडौं । डिशहोमले केवर्ल्ड च्यानल शुरु गर्ने भएको छ । उक्त च्यानलमा के-पप, माई लिटिल बेबी, रिचम्यान, किङ इन द लभ, मेल्टिङ हर्ट आदि जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुनेछ ।

यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ । साथै, डिसहोम गो(ओटीटी) एपमा पनि यो च्यानल हेर्न सकिनेछ ।

डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शकलाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.