भातृत्व विकासको नाफा १९ लाख, सेयरधनीलाई ९.३५ प्रतिशत नगद लाभांश

  २०७६ फागुन २३ गते १८:४६     विकासन्युज

काठमाडौं । भातृत्व विकास बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा १९ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

संस्थाको १०औं वार्षिक साधारणसभा दिइएको जानकारी अनुसार सो नाफाबाट संस्थाले सेयरधनीलाई ९.३५ प्रतिशत नगद लाभांश दिने दिने भएको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर सुनुवारले आर्थिक प्रतिवेदन पेश गर्दै गत आवसम्ममा संस्थाको सेयर पुँजी ६८ लाख ७६ हजार रुपैयाँ रहेको जानकारी दिए ।

यस्तै, संस्थाले गत आर्थिक वर्षसम्ममा ७ करोड ५७ लाख रुपैयाँ बचत संकलन गरेको छ । संस्थाले वित्तीय तथा गैरवित्तीय कृयाकलापहरुमा सदस्यहरुलाई सहभागी गराउँदै सुखी र समृद्घ जीवन व्यतित गर्नको लागि विभिन्न समाधानहरु दिई आफ्ना सदस्यहरुलाई खुशी र सन्तुष्ट बनाउदै आईरहेको दाबी गरेको छ ।

साधारणसभाले सेयर सदस्यहरुलाई ९.३५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त कार्यक्रममा संस्थाका संस्थापक कार्यकारी अध्यक्ष जीतनारायण डंगोल, संचालक समितिका संस्थापक सचिव अनिल शाही, ऋण तथा व्यवस्थापन प्रमुख शम्भुकुमार कपालीलाई प्रमुख अतिथि काठमाडौं महानगरको २२ नम्बर वडाका अध्यक्ष चिनीकाजी महर्जनले कदर पत्रसहित सम्मान गरेका थिए ।

गत आर्थिक बर्षको उत्कृष्ट बचतकर्ता जमुना कपाली, उत्कृष्ट ऋणी सरोज कुमार खड्गी र संस्था स्थापनाकाल देखि सदस्य बनेका सदस्यहरुलाई पनि प्रमुख अतिथिबाट सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष सागर शाक्यको स्वागत मन्तव्यबाट सभा सुरु भएको थियो भने संस्थाका लेखा संयोजक सदा क्षेत्रीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.