साग्रिला डेभलपमेन्ट बैंकले गर्यो कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम

  २०७६ फागुन २३ गते १८:३३     विकासन्युज

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकको गल्छी शाखाले कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । विकास बैंकले शुक्रबार धादिङको जनजागरण मा.वि.को प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरुलाई सो सम्बन्धी जानकारी दिएको हो ।

संस्थाले गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहजीकरण गरेका साग्रिला डेभलपमेन्ट बैंक गल्छी शाखाको प्रमुख गौरब काफ्ले कोरोना भाइरसबाट आफु पनि बचौँ र अरुलाई नी बचाऔँ भन्दै जसका लागि सरसफाई मा विशेष ध्यान दिने,मास्क लगाउने, हातलाई सावुन पानीले धुने, हात नमिलाउने, भिडभाडमा नजाने, नियमीत शारिरीक ब्याम गर्ने, मधपान मासहारीको प्रयोग नगरि भिटामीन सी पाउने अमला, कागती खाने, प्रत्येक आधि घन्टाको अन्तरमा पानि पिउने, बिहान बेलुका घीउको सेवन गर्ने रुघा खोकी ज्यरो आएमा मनोबल नघटाइ तुरुन्त नजिकैको स्वास्थ्य चौकामा जानुपर्ने बताए ।

स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमालले कोरेना भाइरसको सङक्रमणबाट बच्ने उपायहरु बताउदै घरमा आफनो परिवार छरमिेकीलाई समेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सन्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरेका छन् ।

साथै, सामाजिक सन्जालमा त्रास फैलाउने काम नगर्न समेत अनुरोध गरे र गर्ने त्यस्तालाई सरकारले कडा भन्दा कडा कारबाही गर्न समेत अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.