बेनेलीकाे होली अफरः सात नयाँ मोडेल नेपाली बजारमा

  २०७६ फागुन २२ गते ९:४४     विकासन्युज

काठमाडौं । इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीले होली अफर सार्वजनिक गरेको छ । नेपालको लागि बेनेलीको अधिकारीक बिक्रेता केटीएम इन्टरनेश्नल ट्रेडिंगले विभिन्न मोडलका मोटरसाइकल बजारमा ल्याएको हो ।

उक्त अफर अन्तर्गत बेनेलीको सात नयाँ मोडेल जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरलाई फाइदा पुर्याउने उद्देश्य रहेको छ । कम्पनीका अनुसार निम्न सबै मोडेलहरू दुई वर्ष ईन्जिन वारेण्टीको रहेको छ ।

१९११ देखि  मोटरसाइकल पारखीबीच एक बैग्लै पहिचान बनाएको यस कम्पनीले थ्रीएस (सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपालको विभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गराउँदै आइरहेको छ ।

बेनेली मोटर साइकलहरू सबै सवारको आवश्यकता पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको कम्पनीले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.