मन्त्री खतिवडाको सिजी ग्रुपप्रति कटाक्षः सेवा राम्राे नदिने, लाइसेन्स लिएर होल्ड गर्ने अनि अदालत जाने ?

  २०७६ फागुन २० गते १४:०२     विकासन्युज

काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चौधरी ग्रुप (सीजी)प्रति कटाक्ष गर्दै लाइसेन्स लिएर होल्ड गर्ने र फेरी अदालत जाने प्रवृति राम्रो नभएको बताएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको २२औं वार्षिकोत्सवको अवसरमा मंगलबार उनले लाइसेन्स होल्ड गरी सेवा नदिने कार्य मुलुकको हितमा नहुने बताएका हुन् ।

सीजी टेलिकमको लाइसेन्सको विषयलाई लिएर सञ्चारमन्त्री गोकुल बास्कोटा र व्यावसायिक घराना चौधरी ग्रुप सार्वजनिकरुपमै वाकयुद्धमा उत्रिएका थिए । सञ्चारमन्त्री बास्कोटाले प्रक्रिया पुर्याएर र २० अर्ब रुपैयाँ बुझाएर आएपछि मात्रै सिजी टेलिकमलाई लाइसेन्स दिन सकिने बताउँदै आएका थिए ।

उनले सेवा प्रदायक कम्पनीहरुले आफ्नो काम नगर्ने तर पछि न्यायको लागि भन्दै अदालत जाने प्रवृति राम्रो नभएको बताएका हुन् । सञ्चार क्षेत्रमा पनि सेवा दिन्छु भनेर अनुमति लिएर सेवा नदिनेहरू रहेको आफूले पाएको बताउँदै उनले यो राष्ट्रिय रोगको रुपमा रहेर बसेको बताए ।
‘यता पनि लाइसेन्स लिने, सेवा नदिनेहरू हुँदा रहेछन्, किन दिएनौं भनेर कारवाही गर्दा अदालत धाउँदा रहेछन्, यो कुरा मन्त्री बनेपछि मात्र थाहा पाउँदै छु,’ उनले भने ।

‘तिमीले गर्छु भनेका काम राम्रोसँग छिटो छरितो रुपमा सम्पन्न गर’ भन्दा अदालत गुहार्न जानेको अन्त्य हुनुपर्ने उनको भनाइ छ । सबैभन्दा छिटो काम गर्छु भनेर दुरसञ्चार सेवाको लाइसेन्स लिने, होल्ड गर्ने र काम नगर्ने सोचले मुलुको विकास र रुपान्तरण नहुने उनको दाबी छ ।

‘यो प्रवृतिले देशको अर्थतन्त्र कसरी सुधार हुन्छ रु अर्थतन्त्र डिजिटल कसरी हुन्छ रु’ उनले भने । अन्तराष्ट्रिय बजारमा डिजिटल प्रविधिमा प्रतिस्पर्धा बढिरहेको भन्दै मन्त्री खतिवडाले नेपालले पनि त्यसको फ्लो गर्नुपर्ने उनले बताए । उनले भ्वाईसमा सञ्चार प्रक्रिया स्पष्ट भएपनि अव डाटामा गुणस्तर बढाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.