बैंक अफ काठमाण्डूकाे स्मार्ट टपअपमा २५ प्रतिशन नगद फिर्ता

  २०७६ फागुन १५ गते १०:०३     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके स्मार्ट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहकले कारोबार रकमको २५% नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा सो योजना ल्याएको हो ।

ग्राहकले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्मार्टबाट गरिने पहिलो कारोबार अन्गर्गत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ ।

बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानीमै आम्दानी भन्ने मुलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकहरुलाई अनुरोध गरेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.