ललितपुर उद्योग वाणिज्य संघले चैत २६ गतेदेखि अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै

  २०७६ फागुन १४ गते १९:२३     विकासन्युज

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघले आगामी चैत २६ गतेदेखि ललित अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्दै छ । संघले सो दिनदेखि ३० गतेसम्म ललितपुरको पुल्चोक स्थित मदन स्मारक स्कुलको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागेको हो ।

संघले ललितपुरमा उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय स्तरमा बजार विस्तार गर्न र विभिन्न देशमा उत्पादित सामग्रीको बजारको रुपमा ललितपुरलाई विकसित गर्न सो मेला गर्न लागेको हो ।

राजधानीसंगै जोडिएको जिल्ला भएपनि ललितपुर जिल्लाको विकासमा राज्यको ध्यान अपेक्षाकृत रुपले परेको छैन । ललितपुर जिल्लाको आफ्नै सामथ्र्य र सम्भावनालाई मूर्त रुप दिने सम्बन्धमा ध्यानाकर्षण गर्न पनि यस मेला आयोजना गरिएको संघले जनाएको छ ।

यो मेला ललितपुर महानगरपालिकासंगको सहकार्य र इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रा.लि.को बजार व्यवस्थापन तथा मेला व्यवस्थापनमा आयोजनामा गर्न लागिएको हो । जसमा करिब १२० सय वटा स्टलहरु रहने छ । भारत, पाकिस्तान, बंगलादेश, भुटान लगायत विभिन्न देशको ४० वटा स्टल रहने छ । उक्त मेलामा नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्रीहरुको स्टल रहने छ ।

मेलाबाट स्वेदशी व्यवसायी, बिक्रेताहरुलाई आफ्नो उत्पादन अन्तर्राष्ट्रिय रुपमा विस्तार गर्ने अवसर प्राप्त हुने छ । विभिन्न देशका व्यवसायीहरुबीच आपसी अध्ययन तथा ज्ञान, सीप आदानप्रदान हुनुका साथै पर्यटन र व्यवसायिक विकासमा पनि मेलाले टेवा पुर्याउने संघ विश्वास रहेको छ ।  साथै, यस मेलाले नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई सफल पार्न केहि हदसम्म भए पनि टेवा पुग्ने संघको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.