नेपाल नागरिक उडड्यन प्राधिकरण विभाजन हुने निश्चित, निगमको २५ प्रतिशत सेयर बिक्रि गरिने

  २०७६ फागुन १२ गते ११:१४     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण विभाजन हुने निश्चित भएकाे छ । सरकारले प्राधिकरण लाई अलग अलग नियामक र सेवा प्रदायक संस्था बनाउनको लागि विभाजन गर्ने कार्य अघि बढाइएको हो ।

नेपालको हवाइ सेवाको नियामक निकायका रुपमा रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी तयार भएको दुई वटा विधेयक प्रतिनिधि सभामा दर्ता  पनि भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आइतबार दर्ता गरेको प्रस्तावित विधेयकमा हवाइ सेवामा नियामक र सेवाप्रदायक निकायको रुपमा दुई वटा निकाय प्रस्ताव गरिएको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यी दुवै संस्थाको काम आ–आफ्नै हुने बताए । प्राधिकरणले नियमन गर्ने र सेवा प्रदाायक संस्थाले विमानस्थलको व्यवस्थापन,सञ्चालन तथा अन्य सेवा प्रदायक कार्य गर्ने उनको भनाइ छ ।

नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाएर दुई वटा निकाय बनाउँदा हाल कार्यरत कर्मचारीले पदस्थापन हुन नचाहेको खण्डमा स्वेच्छिक अवकाश लिन सक्ने गरी विशेष व्यवस्था प्रस्तावित विधेयकमा छ ।

यस्तै,  नेपाल वायु सेवा निगमको २५ प्रतिशत सेयर बिक्री गर्नका लागि सञ्चालक समितिको बैठकले सैद्दान्तिक स्वीकृति दिएको छ । सरकारले ७५ प्रतिशत सरकार आफैले राखी बाँकी २५ प्रतिशत सेयर बिक्री गर्नका लागि सैद्दान्तिक स्वीकृति दिइएको सञ्चालक समितिका सदस्य अच्युतराज पहाडीले बताए ।

उनका अनुसार २२ प्रतिशत सरकारी संस्थालाई र ३ प्रतिशत सेयर कर्मचारीलाई दिने गरी सैद्दान्तिक स्वीतृति दिइएको हो ।

सम्बन्धित समाचार:

नेपाल वायुसेवा निगम निजीकरणमा, क्यान छुट्टाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.