यूनाईटेड फाइनान्सले ल्यायो सिल्भर जुब्ली बचत खाता, कृषि कर्जा पनि सजिलै दिने

  २०७६ फागुन ११ गते १६:२३     विकासन्युज

काठमाडौं । युनाईटेड फाईनान्सले सिल्भर जुब्ली बचत खाता तथा सहुलियत कृषि कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको छ । संस्थाले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा उक्त योजना सार्वजनिक गरी सञ्चालनमा ल्याएको हो ।

संस्थाले आइतबार विभिन्न कार्यक्रम गरी २५औं वाार्षिकोत्सव मनाएको छ । प्रभातफेरीबाट सुरु भएको कार्यक्रम काठमाडौं लगायत संस्थाका २३ वटै शाखा कार्यालयहरुबाट रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । जसमा ४० जनाले रक्तदान गरेका संस्थाले जानकारी दिएको छ ।

साथै, संस्थाले सो अवसरमा खाध्यान्न तथा स्टेशनी वितरण, ट्राफिक पोष्ट निमार्ण लगायतका विभिन्न सामाजिक कार्यहरु संचालन गरेको थियो ।

यससँगै, संस्थाको वार्षिकोत्सवको थप कार्यक्रम आइतबार(आज) ६ बजे याक एण्ड यती होटलमा हुँदै छ ।

नेपालकै प्रतिष्ठित भरानाहरुबाट प्रवद्र्धित पुरानो मध्येको यस फाईनान्समा हालै मात्र भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ । हाल कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिङ् सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.