सुनको मूल्यले इतिहास रच्यो, प्रतितोला ७८ हजार १ सय रुपैयाँमा कारोबार

  २०७६ फागुन ९ गते १२:०६     विकासन्युज

काठमाडौं । सुनको मूल्यले दिन प्रति दिन नयाँ रेकर्ड कायम गर्दै गएको छ । बिहीबार प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा बिक्री भएको सुन शुक्रबार प्रतितोला ७८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै बिहीबार प्रतितोला ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन एकै दिनमा ५ सय रुपैयाँ बढेर ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै साताको अन्तिम दिन चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.