स्वास्थ्य मन्त्री ढकालले एकैदिन गरे ९ डाक्टरको सरुवा

  २०७६ फागुन ८ गते १८:४२     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नौं डाक्टरको जिम्मेवारी हेरफेर गरेका छन् । बिहीबार मन्त्री ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न अस्पतालमा कार्यरत डाक्टरको जिम्मेवारी फेरबदल गरेका हुन् ।

कान्ति बाल अस्पतालको प्रमुखकाे जिम्मेवारी डा.कृष्ण पौडेलले पाएका छन् । यसअघि डा.आरपी विच्छाले अस्पतालको प्रमुख जिम्मेवारी सम्हालेका थिए । डा. बिच्छा सोही अस्पतालमा छन् । पौडेल कान्ति अस्पतालका बरिष्ठ चिकित्सक थिए ।

राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरीटेन्डेट डा.सन्तोष पौडेल भएका छन् । त्यस्तै, टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. बासुदेव पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक पदमा नियुक्त भएका छन् । सो अस्पतालको डा. विवेक कुमार लाललाई राष्ट्रिय क्षयरोग केन्द्रमा पठाइएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सागरराज भण्डारीलाई टेकु अस्पतालको निर्देशक पदको जिम्मेवारी दिएको छ । वीर अस्पतालका डा. रविन खड्का सारिएको छ भने कोशी अस्पतालको मेडिकल नियन्त्रकमा डा. चुमनलाल दासलाई नियुक्त गरिएको छ । त्यस्तै भेरी अस्पतालको मेडिकल नियन्त्रक पदको जिम्मेवारी डा. प्रकाश थापालाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.