दुई लाख घुससहित इन्जिनियर सुरेशराज भट्ट प्रहरीको नियन्त्रणमा

  २०७६ फागुन ८ गते ११:३४     विकासन्युज

काठमाडौं । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बैतडीका प्रमुख इन्जिनियर सुरेश राज भट्ट दुई लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय प्रमुख भट्टलाई एक लाख रुपैयाँ घुसवापतको रकम लिएको अवस्थामा थप एक लाख स्रोत नखुलेको रकमसहित बुधबार साँझ पक्राउ गरेको हो।

इन्जिनियर भट्टले चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी सम्झौता गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ।

उनलाई कार्यालयस्थित निवासबाट रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.