बिएफआइएन र भिक्टोरिया युनिभर्सिटीबीच सम्झौतापत्रमा हस्ताक्षर

  २०७६ फागुन ७ गते १०:५५     विकासन्युज

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बिएफआइएन) र भिक्टोरिया युनिभर्सिटी( भियु) बीच बुधबार आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बिएफआइएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र भियुका व्यवसाय तथा कानुन संकायका प्रो.मार्क फरेलले हस्ताक्षर गरेका हुन् ।

माघ २८ गतेदेखि फागुन ३ गते सम्म भएको बिएफआइएन र भियुको संयुक्त आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा संचालन गरिएको ५ दिने एक्सक्युटिभ लिडरसिप डेभलपमेन्ट प्रोगामको उद्घाटन समारोहमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

समझदारी पत्रमा दुई संस्था बिचको समन्वयमा नेपालका बैंक तथा वित्तिय संस्थामा उच्च पदस्थ कर्मचारीहरुको नेतृत्व विकास तथा अन्य सम्बन्धी बिभिन्न तालिम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्ने, बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरुको बैंकिङ्ग, बिमा, पुँजी बजार, व्यवस्थापन लगायतका अन्य क्षेत्रहरुसंग सम्बन्धित ज्ञान विकासका लागी संयुक्त रुपमा मान्यता प्राप्त ३ महिने, ६ महिने तथा १ बर्षे कार्यक्रमहरु संचालन गर्ने विषय रहेका थिए ।

यसैगरी, भियुले निर्धारण गरे अनुसारको योग्यता पुगेका अधिकृतहरु तथा विद्यार्थीलाई इन्टनशीपमा पठाउन सकिने, संयुक्त रुपमा वित्तिय क्षेत्रका बिभिन्न विषयमा खोज गर्ने लगायतका विषयवस्तुहरु समावेश गरिएका छन् ।

उक्त तालीम कार्यक्रममा भियुका व्यवसाय तथा कानुन संकायका प्रो.मार्क फरेलले उपस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिष्ठित संचालकहरुलाई स्वागत गरेका थिए । उक्त तालिममा नेपालका प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक तथा लघुवित्त संस्थाका १७ जना संचालकहरुको उपस्थिति रहेको थियो ।

भिक्टोरिया युनिभर्सिटी अष्ट्रेलियाको मेलबर्नमा स्थापित एक सार्वजनिक अनुसन्धान विश्वविद्यालय हो । सन् १९१० मा स्थापना भएको अन्तराष्ट्रिय स्तरको मान्यता प्राप्त यस विश्वविद्यालयले बिभिन्न बिषयमा प्राबिधिक तथा उच्च शिक्षा प्रदान गर्दै आइरहेको छ ।

बिएफआइएन इमर्जिङ्ग नेपाल लिमिटेड लगायत वाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्त कम्पनीहरु, लघुवित्त संस्थाहरु र पूँजी बजारसँंग सम्बन्धित संस्थाहरु गरी कुल १६ वटा संस्थाहरुको संयुक्त लगानीमा स्थापना भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.