इन्जिनियरिङ्ग पढ्ने विद्यार्थी गोर्खा इको प्यानलमा

  २०७६ फागुन ६ गते १३:३०     विकासन्युज

काठमाडौं । काठमाडौंको कान्तिपुर सिटी कलेजको इन्जिनियरिङ्गका विद्यार्थीले सोमबार भक्तपुरस्थित गोर्खा इको प्यानल र गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिको अवलोकन गरेका छन् । कक्षामा सिकेकाे ज्ञानलाई यथार्थमा सिन्नका लागि उनीहरुले इको प्यानलमा भ्रमण गरेको हुन् ।

अवलाेकनमा उनीहरुले कारखानाबाट गोर्खा इको प्यानल, गोर्खा पर्मियबल पेभर, गोर्खा प्रिकाष्ट स्ल्याब, गोर्खा वाउण्डरी वाल लगायतका निर्माण सामाग्री उत्पादनहरु बारे जानकारी लिएका छन् ।

विद्यार्थीहरूले कितावमा पुराना निर्माण सामाग्रीबारे मात्रै उल्लेख भएकाले भोलिका दिनमा ईन्जिनियर भई काममा जाँंदा समस्या नहोस् भनेर नयाँ सिकाईका लागि भ्रमण गरेकाे बताएका छन् ।

विद्यार्थीहरूलाई गोर्खा इको प्यानलका प्रोजेक्ट म्यानेजर इन्जिनियर कृष्णसुन्दर कुम्पाखले कारखानाका उत्पादनहरुबारे जानकारी गराए ।

कलेजका सिभिल डिपार्टमेन्टका विभागीय प्रमुख ई.डा.दीपकविक्रम थापाको नेतृत्वमा विद्यार्थी त्यहाँं पुगेका थिए । विद्यार्थीलाई नयाँं निर्माण सामाग्रीबारे जानकारी दिने उद्देश्यले भ्रमण गराइएको डा. थापाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.