पुसको मूल्यबृद्धि झण्डै ७ प्रतिशत, महंगीको धेरै भार भान्छामा

  २०७६ फागुन ४ गते १८:०७     विकासन्युज

काठमाडौं । गत पुसको मूल्यबृद्धि ६.८२ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५८ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष (आव) को ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो । यो अवधिमा सबैभन्दा धेरै मूल्यबृद्धि खाद्य तथा पेश पदार्थ समुहको छ । राष्ट्र बैंकका अनुसार पुसमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृछि १०.२१ प्रतिशत भने गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ४.२५ प्रतिशत छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र फलफुल उपसमूहको मूल्य वृद्धि उच्च छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको छ ।

यो अवधिमा महिनामा काठमाडौं उपत्यकामा ७.२४ प्रतिशत, तराईमा ७.४६ प्रतिशत, पहाडमा ५.३९ प्रतिशत र हिमालमा ५.०१ प्रतिशत मूल्यबृद्धि भएको छ । गत वर्षको पुसमा यी क्षेत्रहरुमा क्रमशः ५.१५ प्रतिशत, ४.०२ प्रतिशत, ४.९२ प्रतिशत र ४.४८ प्रतिशत मूल्यबृछि थियो ।

गत पुसमा नेपालमा ६.८२ प्रतिशत मूल्यबृद्धि हुँदा भारतमा भने ७.५९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मूल्यबृद्धि क्रमशः ४.५८ प्रतिशत र २.०५ प्रतिशत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.